आगामी दुई वर्षमा देशभित्रै पाँच लाखलाई रोजगार दिने सरकारको दाबी

हिमशिखर सम्वाददाता काठमाण्डौ ५ जेष्ठ २०८०, शुक्रबार १८:३१

सरकारले आगामी दुई वर्षमा देशभित्रै पाँच लाख युवालाई रोजगार दिने दाबी गरेको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो दाबी गरेका हुन्।

पौडेलले भने, ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार अभियान अन्तर्गत आगामी दुई वर्षभित्र थप आन्तरिक रोजगारी सृजना गर्न निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने छ।’ न्युनतम पारिश्रमिक लागु गरिने पनि उनले बताए।

पौडेलले विदेशी देशसँगको श्रम स्वीकृतिको पुनःविचार गरिने बताउँदै नयाँ श्रम गन्तब्यको पनि खोजी गरिने बताए।

Next Post

विदेशमा रहेका नेपालीहरूले पाउँदैछन् निर्वाचनमा मतदान गर्न

५ जेष्ठ २०८०, शुक्रबार १८:३१
सरकारले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरिने जनाएको छ। शुक्रबार संसद्‌मा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिने बताएका हुन्। सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन पटक पटक आदेश दिइसकेको छ।