बर्दियामा बृहत विद्यालय सुरक्षा न्युनतम प्याकेज विषयक अभिमुखिकरण सम्पन्न 

हिमशिखर संवाददाता ५ कार्तिक २०८१, सोमबार १४:३४

बर्दियाको समग्र शैक्षिक स्तरलाई थप गुणस्तरिय बनाई विद्यालयलाई कसरी सुरक्षित र भरपर्दो बनाउने सकिन्छ भन्ने विषयमा बर्दियाका प्रधानाध्यापक तथा शिक्षकहरुलाई अभिमुखीकरण गराइएको छ ।

विभिन्न विपद्ले समेत शैक्षिक स्तरलाई कमजोर बनाउने भएको हुँदा बृहत विद्यालय सुरक्षा न्युनतम प्याकेज नै तयार गर्ने गरि २ दिन सम्म विभिन्न पालिकाका शिक्षकहरुलाई विशेष जानकारी गराइएको हो । बृहत विद्यालय सुरक्षा फ्रेमवर्क, विद्यालय सुरक्षा न्युनतम प्याकेज, न्युनतम प्याकेज कार्यान्वयन कार्यविधिं र स्थानीय तह तथा विद्यालयको योजनामा सहयोग पु¥याउन सक्षम बनाउँने गरि शिक्षक तथा प्रधानाध्यापकहरुलाई अभिमुखिकरण गराइएको हो।

आइतबार देखी शुरु भएको उक्त अभिमुखीकरण कार्यशाला सोमबार समापन भएको छ । भेरी वातावरणिय विशिष्टता समुह(वि गु्रप) को अयोजना, प्लान इन्टरनेशनल नेपालको सहयोग र शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा अभुमुखिकरण कार्यक्रममा सम्पन्न गरिएको भेरी वातावरणीय विशिष्टता समुह (विग्रुप) का कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी गराउनु भएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाइ बर्दिया प्रमुख सुर्य खत्री विद्यालयहरु शैक्षिक स्तर संग संगै संरचनागत सुधारको आवश्यकता रहेको बताउनु भयो । तालिमका सहजकर्ता एवं पुर्व योजना आयोगका सदस्य शिक्षा बिद जित बहादुर शाह अभिमुखीकरणमा सिकेका कुराहरु आफना अफना विद्यालयमा लागु गर्ने सुझाव दिनु भएको छ । विद्यालयले निर्वाह गर्नुपर्ने न्युनतम भुमिका, विपद पहिले नै अपनाउनु पर्ने सावधानी, विद्यार्थी र शिक्षक बिचको शैक्षिक सम्बन्ध लगायत थुप्रै विषयहरुमा प्रधानाध्यापक तथा शिक्षकहरुलाई अभिमुखिकरण गराउनु भएको छ ।

यसमा सिकेका विषय बारे शिक्षक एवं सम्बन्धित सरोकारवाला निकायले समयमै ध्यान दिए शैक्षिक स्तरका साथै विद्यालयमा न्युनतम सुरक्षाका कार्यक्रम गर्न सकिनै बताउनु भयो । बालविवाह न्युनिकरण परियोजना अन्तर्गत संचालन भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै परियोजना प्रबन्धक भानु लिम्बुले विभिन्न विपद्ले देशका थुप्रै विद्यालयहरुलाई नोक्सान गराएको जानकारी गराउनु भयो ।

२०७२ सालका भुकम्पकले धेरै विद्यालयहरुमा अध्ययन अध्यापन गराउने गाह्रो भएकोले उक्त घटनाले पाठ सिक्दै बृहत विद्यालय सुरक्षा न्युनतम प्याकेज विषयक शिक्षकलाई अभिमुखिकरण गराएको प्रष्ट पार्नु भयो । खास गरि विपद्का अवस्थामा हाम्रा विद्यालय कतिको सुरक्षित छन ? विपद् आइहाले कसरी सुरक्षित हुने ? विद्यार्थीहरुलाई कसरी सुरक्षित राख्ने लगायत विषयमा शिक्षक एवं प्रधानाध्यापक जागरुक हुने उद्धेश्यल अभिमुखिकरण गराएका उहाँले जानकारी गराउनु भयो ।

समापन कार्यक्रममा भनाइ राख्दै प्लान ईन्टरनेशनल नेपालका वालबिवाह न्युनिकरण परियोजना प्रबन्धक मानबिर विश्वकर्माले प्लान नेपालले नेपालको २ वटा जिल्ला बर्दिया र धनुषामा बालबिवाह न्यूनीकरण गर्न परियोजनाले कार्य गरि रहेको जानकारी गराउनु भयो ।

वालबिवाह न्युनिकरण गर्नुको साथसाथै बिधालयहरुको शिक्षाको स्तरलाइ गुणस्तरिय बनाउनका लागि समेत परियोजनाले काम गरिरहेको विश्वकर्माले बताउनु भयो । २ दिन सम्म संचालन गरिएको अभिमुखीकरणमा परियोजनाको कार्यक्षेत्र अनुसार जिल्लाको मधुवन नगरपालिका, गेरुवा गााउपालिका, ठाकुरबाबा, र बारबार्दिया नगरपालीकाका बिधालयमा अध्ययन गराई रहनु भएका २० जना प्राधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

Next Post

बर्दियामा सुरक्षित र समावेशी सिकाई वातावरण विषयक क्षमता विकास गोष्ठी सम्पन्न

५ कार्तिक २०८१, सोमबार १४:३४
बर्दियाको मधुवन नगरपालिका वडा नं. ८ मा विद्यालय सरोकारवालाहरूका लागी सुरक्षित र समावेशी सिकाइ वातावरण विषयक क्षमता विकास गोष्ठीको सम्म भएकाे छ । मधुवन नगरपालिकाको समन्वयमा बाल विवाह न्यूनीकरण परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्‍टता समूह (बि–ग्रुप) बाँकेको साझेदारीमा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा सुरक्षित र […]

सम्बन्धित समाचार