विश्व वातावरण दिवसकाे अवसरमा कर्णाली मावि अनामनगरमा बृक्षाराेपण

हिमशिखर संवाददाता २२ जेष्ठ २०८२, बिहीबार ११:३९

विश्व वातावरण दिवसका अबसरमा जुम्लाकाे कर्णाली माध्यमिक बिद्यालयमा वृक्षाराेपण गरिएकाे छ । दिवसका अबसरमा विहिबार विहान डिभिजन वन कार्यालय जुम्लाकाे आयाेजनामा चन्दननाथ नगरपालिका वडा नं ३ स्थित कर्णाली मावि अनामनगरमा बृक्षाराेपण गरिएकाे हाे ।
विद्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही,सुरक्षा निकायका प्रमुख,उद्योग बाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकाेटा,चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापा र पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईकाे लगायत सबै सरकारी कार्यालयका प्रमुख प्रतिनिधिकाे सहभागितामा बृक्षाराेपण गरिएकाे हाे ।
हरेक वर्ष मे-५ तारिखमा मनाईने विश्व वातावरण दिवस अन्तर्गत यश वर्ष “प्लाष्टिक प्रदुषण न्युनिकरण,हाम्राे दायित्व” भन्ने नारा तय गरिएकाे डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए ।
उनका अनुसार विश्व वातावर्ण दिवसका अबसरमा आज दिँउसाे नगरपाालिका भित्रका विद्यालय बीच हाजिरी जवाफ प्रतियाेगिता संचालन गरिने छ । पछिल्लाे समय बढ्दै गएकाे अव्यवस्थित विकासले वाताबरणकाे चरम दाेहन भईरहेकाेले वाताबरणमैत्री पूर्वाधार विकासमा जाेड दिनु पर्ने डिभिजन प्रमुख बुढ्थापाले उल्लेख गरे ।

Next Post

चयन योङ कम्युनिष्ट लिग अर्थात वाईसीएलको महासचिवमा कालिकाेटका गणेश शाही सर्वसम्मत रूपमा चयन भएकाछन । राजधानीमा जारी वाइसीएलकाे तेस्रो राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्मत महासचिवमा चयन गरेकाे वाईसीएल स्राेतले जानकारी दिएकाेछ । कालिकोटमा जन्मियका शाही लामो समय देखि सक्रिय राजनितिमा छन । वाईसीएल नेपालकाे महासचिव बनेका शाही यश अघि केन्द्रीय सचिव र कर्णाली प्रदेश इन्चार्ज थिए। बिद्यार्थी अवस्थामै भुमिगत भएका शाहीले युद्धअवस्थामै अर्वान गुरिल्ला देखि बटालियन कमाण्डर सम्म जिम्मेवारी सफलतापुर्वक पुरा गरे । युद्धका महत्वपुर्ण मोर्चाहरु सन्धीखर्क देखि गण्डक अभियानमा सम्म ३३ मोर्चामा रहि महत्वपूर्ण जिम्मेवारी सफलता पुर्वक सम्पन्न गरे । बर्दियाको गणेशपुर घटनामा पनि शही सहभागी भएका थिए गणेशपुर घटनाको भिडियो पार्टी शान्ती प्रक्रियामा आइसकेपछी शान्ती प्रक्रियालाई टुगाउन सेना समायोजन समितिमा बसेर पनि काम गरे । शान्ती प्रक्रिया पछी उनी वाइसियल कालिकोट जिल्लाको अध्यक्ष हुँदै कर्णालि प्रदेशको सह संयोजक र संयोजक, अध्यक्ष र इन्चार्ज हुदै वाइसियल नेपाल केन्द्रिय सचिव सम्म १४ बर्ष काम गरेर परिपक्क भएका शाही लाई वाइसीएलको तेस्राे राष्ट्रिय सम्मेलनले महासचिव पदमा सर्वसम्मत चयन गरेकाे छ । शहीले सम्मेलनकाे अन्तिम समय सम्म अध्यक्ष पदकाे दावी गरेका थिए सहमतिबाटै नेतृत्व चयन गर्ने पार्टीको निर्देशन अनुसार शाही अध्यक्षबाट पछी हटेका थिए । नेतृत्वकाे आकाँछीहरू धेरै भएपछि वाइसीएलको राष्ट्रिय सम्मेलन ३ दिन बढी लम्बिएको थियाे ।

वाईसीएल महासचिवमा कालिकोटका गणेश शाही चयन

२२ जेष्ठ २०८२, बिहीबार ११:३९
योङ कम्युनिष्ट लिग अर्थात वाईसीएलको महासचिवमा कालिकाेटका गणेश शाही सर्वसम्मत रूपमा चयन भएकाछन । राजधानीमा जारी वाइसीएलकाे तेस्रो राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्मत महासचिवमा चयन गरेकाे वाईसीएल स्राेतले जानकारी दिएकाेछ । कालिकोटमा जन्मियका शाही लामो समय देखि सक्रिय राजनितिमा छन । वाईसीएल नेपालकाे महासचिव बनेका शाही यश अघि केन्द्रीय सचिव र […]