जुम्लामा गणेश मन्दिरकाे शिलान्यास

महेश चाैलागाँई १२ असार २०८२, बिहीबार ०९:२७

चन्दननाथ नगरपालिकाको पाँच मुख्य बजारमा गणेश मन्दिर निर्माणका लागि शिलान्यास सम्पन्न भएको छ।

करिब बीस लाखको लागतमा बन्ने यो मन्दिरले स्थानीय बजारको सांस्कृतिक र धार्मिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

शिलान्यास समारोहमा चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले मन्दिर निर्माणले स्थानीय समुदायको एकता र धार्मिक सद्भावलाई प्रोत्साहन गर्ने बताए।

उनले भने, “यो मन्दिर धार्मिक स्थल मात्र नभई हाम्रो सांस्कृतिक पहिचानको प्रतीक बन्नेछ।”

त्यस्तै उपप्रमुख रामदेवी खड्काले मन्दिर निर्माणले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

“यसले स्थानीय बासिन्दालाई मात्र नभई बाह्य पर्यटकलाई समेत आकर्षित गर्नेछ,” उनले थपिन्।

प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले मन्दिर निर्माणका लागि आवश्यक बजेट र प्राविधिक सहयोग सुनिश्चित गरिएको जानकारी दिए।

“हामीले यो परियोजनालाई समयमै सम्पन्न गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरेका छौं,” उनले भने।

इन्जिनियर लोकेन्द्र महतले मन्दिरको डिजाइन र निर्माणमा गुणस्तरीयता र स्थानीय कला-संस्कृतिको समिश्रणलाई विशेष ध्यान दिइएको बताए।

Next Post

बिहिवार तिला नदिमा भेटिएको शब पहिलेनै मृत्यु भएको पुष्टि

१२ असार २०८२, बिहीबार ०९:२७
चन्दननाथ नगरपालिका -९ खल्लाचौर नजिकै तिला नदीको किनारमा हिजाे  बिहिवार बिहान ८:३० बजे एक अज्ञात पुरुषको शव फेला परेको थियाे उक्त शब  पहिले  मृत्यु भएको पाेट म्याटम भई भेलले बगाएर ल्याएको  पुष्टि भएको  छ । चन्दननाथ नगरपालिका वडा नं १ दानसगु  घाट मा पहिले  मृत्यु भई  गढेकाे सब बिहिवार राति […]

सम्बन्धित समाचार