जुम्लामा तरुण दलको नयाँ नेतृत्वका लागि निर्वाचन, अध्यक्षमा ६ उम्मेदवारको प्रतिस्पर्धा

महेश चाैलागाँई १० श्रावण २०८२, शनिबार २१:२५

जुम्ला — नेपाल तरुण दल जुम्लाको जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन सुनिश्चित भएसँगै जिल्लाको युवा राजनीतिमा चासो र सरगर्मी एकाएक बढेको छ।

निर्वाचन समितिका संयोजक भक्त बुढाका अनुसार अधिवेशनको क्रममा अध्यक्ष पदका लागि कुल छ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूको क्षेत्रगत प्रतिनिधित्व समान रूपमा विभाजित रहेको छ, जसअनुसार सिंजा र खलंगा क्षेत्रबाट तीन–तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्ष पदका लागि उम्मेदवारी दिनेमा:

संञ्जिव रावल

रतन शाही

भरत शाही

हेम बुढथापा

राजेन्द्र श्रेष्ठ

विरेन्द्र शाही

छ जना उम्मेदवारबीचको प्रतिस्पर्धाले अधिवेशनलाई अझ रोमाञ्चक बनाएको छ। हाल उम्मेदवारहरू आ–आफ्नो पक्षमा समर्थन जुटाउने अभियानमा जुटेका छन् भने युवा कार्यकर्ताहरूमा लोकतान्त्रिक उत्साहको नयाँ लहर देखिएको छ।

आगामी निर्वाचनबाट जुम्ला जिल्लाको नेतृत्व को सम्हाल्ने भन्ने प्रश्नले न केवल तरुण दलभित्र, तर नेपाली कांग्रेसको समग्र युवा अभियानमै विशेष चासो र कौतूहल उत्पन्न गराएको छ।

तरुण दलको नेतृत्व परिवर्तनसँगै जुम्लाको युवा राजनीतिमा नयाँ दिशा र ऊर्जा आउने अपेक्षा गरिएको छ।

Next Post

ग्यास चुलोबाट आगलागी, भएर जुम्लाको पातारासीमा धर जलेर नष्ट

१० श्रावण २०८२, शनिबार २१:२५
जुम्ला जिल्लाको पातारासी गाउँपालिका–६ मा आज बिहान ग्यास चुलोको प्रयोगका क्रममा भएको आगलागीमा एक घरका दुई तला पूर्ण रूपमा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान करिब ६:३० बजे रणु महतारा (उमेर करिब ३२ वर्ष) को तिनतले कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने […]

सम्बन्धित समाचार