“एक थोपा रगत, अनन्त आशीर्वाद” नारासहित १४ जनाले गरे रक्तदान

महेश चाैलागाँई ६ भाद्र २०८२, शुक्रबार ०९:४४

“एक थोपा रगत, अनन्त आशीर्वाद” भन्ने नाराका साथ ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा १४ जनाले रक्तदान गर्ने जनाइएको छ। रक्तदानलाई सेवा र मानवीय कर्तव्यसँग जोड्दै विश्वविद्यालयले नियमित रूपमा यस किसिमका कार्यक्रम गर्दै जाने ब्राम्हाकुमारी मिना रानाले बताइन्।

उनकले कार्यक्रमका क्रममा राज्ययोगिनी दादी प्रकाशमणीको योगदानबारे विशेष चर्चा गरिन्। उनले दादी प्रकाशमणीले समाजसेवा, आध्यात्मिकता र मानवताको उत्थानमा पुर्‍याएको योगदान आजका दिनमा मार्गदर्शक बन्ने उल्लेख गरिन्।

आयोजकका अनुसार रक्तदानले जीवन बचाउनुका साथै समाजमा सहयोग र दानको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको हो।

सहभागी दाताहरूले आफूले दिएको थोपा–थोपा रगत अरूको जीवन बचाउन सघिनु नै ठूलो पुण्य भएको अनुभव व्यक्त गरे।

Next Post

सुर्खेतबाट ब्राउनसुगरसहित एकजना प्रहरी नियन्त्रणमा

६ भाद्र २०८२, शुक्रबार ०९:४४
सुर्खेत प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक  युवकलाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो करिब साढे एक बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकमा चेकजाँच गर्ने क्रममा कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका–९ बस्ने २१ वर्षीय चक्र ब. शाहीलाई पक्राउ गरेको हो। शाहीको […]