सुर्खेतमा अज्ञात पुरुषको बेवारिसे शव फेला

हिमशिखर संवाददाता १२ भाद्र २०८२, बिहीबार १८:५९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ झुप्रा खोलामा करिब ४० देखि ४५ वर्ष उमेरको पुरुषको शव फेला परेको छ।

प्रहरीका अनुसार जानकारी अनुसार भदै ११ गते  साँझ करिब ५ बजे खोलामा शव देखिएको सूचना प्राप्त भएपछि  जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गत प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी निरीक्षक ज्योतिष सिंहको कमाण्डमा प्रहरी टोली खटिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको नेतृत्वमा SOCO सहित सात जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पठाइएको छ। मृतकको नाम, थर र वतन भने अहिलेसम्म खुलेको छैन। थप अनुसन्धानका भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

Next Post

जुम्लाको संघीय खानेपानी कार्यालय अब फिल्ड ईकाइका रूपमा मात्र रहने

१२ भाद्र २०८२, बिहीबार १८:५९
महिनौँसम्मको विरोध, तालाबन्दी र सांसदहरूको आवाजपछि अन्ततः जुम्लामा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय ‘पूर्ण खारेज’ हुने स्थिति टरेको छ। अब यो कार्यालय पूर्वावस्थामा जस्तो ठुलो संरचना नभए पनि फिल्ड ईकाइको रूपमा भने रहने पक्का भएको छ। खानेपानी मन्त्रालयका सूचना अधिकारी टेकनाथ दाहालका अनुसार, जुम्ला सहित ६ जिल्लामा यसअघि […]

सम्बन्धित समाचार