मन्त्रीलगायत पार्टीका नेतालाई सेनाले लग्यो सुरक्षित स्थान

महेश चाैलागाँई २४ भाद्र २०८२, मंगलवार १४:०७

नेपाली सेनाले मन्त्री र प्रदेश प्रमुखहरूलाई सुरक्षित स्थानमा राखेको जनाएको छ।

मंगलबार विहानैदेखि आक्रोसि रहेका प्रर्दशनकारीले नेताका घरघरमा आगजनी र तोडफोड गरेपछि मन्त्रीहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको हो।

सेनाका एक अधिकारीले नेपालखबरलाई जनाएअनुसार सेनाको सुरक्षामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ। उनीहरूलाई विभिन्न स्थानबाट ओसारिएको सेनाका ती अधिकारीले बताए।

यस्तै, केही नेताहरूलाई समेत सेनाले सुरक्षित स्थानमा राखेको जनाएको छ। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

Next Post

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

२४ भाद्र २०८२, मंगलवार १४:०७
 प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।