जुम्ला कारागारबाट फरार १८ कैदी अझै पक्राउ परेनन्

महेश चाैलागाँई ३० भाद्र २०८२, सोमबार १९:१८

जुम्ला कारागारबाट जेन–जी आन्दोलनका क्रममा भागेका ४१ कैदीमध्ये १८ जना अझै फरार रहेका छन्। गएको भदौ २४ गते जुम्लामा भएको आन्दोलनपछि कैदीहरूले सामूहिक रूपमा कारागार तोडफोड गरी भागेका थिए। त्यस क्रममा केहीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिन सफल भए पनि, केहीले आफैं आत्मसमर्पण गरेका थिए। तर, १८ जना अझै फरार रहेका कारण सुरक्षा निकायलाई थप चुनौती थपिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबू रेग्मीले सार्वजनिक गरेको विवरणअनुसार फरार रहेका कैदीहरूको नाम यसप्रकार छः
१) प्रेम राजा महत – जुम्ला
२) दिनेश लावड – मुगु
३) हिक्मत गिरी – जुम्ला
४) डिली कार्की – जुम्ला
५) भिम प्रसाद कडायत – जुम्ला
६) हुकुम शाही – जुम्ला
७) सन्तोष सार्की
८) भक्त राज शाही
९) पुन्न बि.क – मुगु
१०) डम्बर नेपाली – गोठीज्युला
११) सुरेन्द्र महत
१२) पुर्ण प्रसाद भन्डारी
१३) दिपेन्द्र सुनार
१४) रमेश नेपाली सार्की (२९ गते भागेका)
१५) लाल बिर योगी
१६) कमल शाही
१७) प्रकाश शाही
१८) इश्वरी वम

प्रहरीले फरार कैदीहरूको खोजीका लागि जुम्ला जिल्लासहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा चेकजाँच कडा पारेको छ। साथै जिल्ला प्रहरी कार्यालयले नजिकका जिल्ला प्रहरी कार्यालयहरूसँग पनि समन्वय गर्दै निगरानी बढाएको जनाएको छ।

फरार कैदीहरूको खोजीमा प्रहरी मात्र नभई सशस्त्र प्रहरी र स्थानीय तहसँग समेत सहकार्य भइरहेको छ। स्थानीयलाई शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी दिन अनुरोध गरिएको छ।

सुरक्षा निकायका अनुसार कैदीहरू मध्ये कतिपय आपराधिक घटनामा संलग्न भएकाले उनीहरूको लामो समयसम्म फरार रहनुले स्थानीय सुरक्षामा खतरा बढाउने आशंका गरिएको छ।

Next Post

जुम्लाकाे हिमा गाउँपालिकामा युवाको असन्तोष किन चुलियो?

३० भाद्र २०८२, सोमबार १९:१८
जुम्लाको हिमा गाउँपालिकामा युवाहरू सडक आन्दोलनको चेतावनीसम्म दिनुपर्ने अवस्था सिर्जना भएको छ। यसको मूल कारण अनियमितता र स्रोतको मनपरी खर्च रहेकाे छ । स्थानीय तह गठनको करिब एक दशक बितिसक्दा पनि पारदर्शिता र जवाफदेहिताको अभ्यासमा हिमा गाउँपालिका पछि परेको आरोप लाग्दै आएको छ। युवाहरूका अनुसार शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा […]