ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

हिमशिखर संवाददाता ५ आश्विन २०८२, आईतवार २०:२५

ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रमुख खरेलले सञ्चार माध्यममा २५ वर्ष भन्दा लामो समयसम्म काम गरेको लामो अनुभव समेत रहेको छ ।

उहाँले ईमेज टेलिभिजनमा समाचार वाचनका साथै हटसीट कार्यक्रम समेत चलाउदै आउनुभएकाे छ। नवनियुक्त सञ्चारमन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुहुने भएको हो ।

Next Post

चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

५ आश्विन २०८२, आईतवार २०:२५
जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गो आज फेरिएको छ । हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गो फेरिएको चन्दननाथ एवं भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए । मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना […]