जुम्लामा Gen-Z जुम्लाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

महेश चाैलागाँई २३ आश्विन २०८२, बिहीबार १५:१३

जुम्लामा Gen-Z जुम्ला  युवा समूहले आयोजना गरेको रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आज बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म जुम्ला बजारस्थित कृष्ण मन्दिर अगाडि सम्पन्न कार्यक्रममा कुल ३६ जनाले रक्तदान गरेका छन्।

रक्तदानबाट संकलित रगत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई बुझाइएको शुनिल राेकायाले जानकारी दिएका छन ।

राेकायाका अनुसार कार्यक्रममा स्थानीय युवायुवती, विद्यार्थी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Gen-Z जुम्लाका संयोजकले रक्तदान कार्यक्रमको मुख्य उद्देश्य समाजमा युवाबीच मानवता, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु रहेको बताए।
उनका अनुसार आगामी दिनमा पनि यस्ता मानवसेवामूलक कार्यक्रमहरू निरन्तर आयोजना गरिनेछन्।

स्थानीय बासिन्दा र व्यवसायीहरूले पनि रक्तदान जस्तो मानवीय कार्यमा सक्रिय युवाहरूको सहभागितालाई सराहना गर्दै आगामी दिनमा निरन्तरता दिन आग्रह गरेका छन्।

Next Post

मन्त्रालयले लगातार ताकेता गर्दा पनि कर्णालीमा हाजिर भएनन् प्रमुख प्रशासकीय अधिकृत

२३ आश्विन २०८२, बिहीबार १५:१३
मन्त्रालयले लगातार ताकेता गर्दा पनि कर्णालीमा हाजिर भएनन् प्रमुख प्रशासकीय अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गतेको निर्णयबमोजिम स्थानीय तहमा खटाइएका निमित्त शून्य गर्ने उद्देश्यसहित देशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको थियो। सरुवा निर्णयबमोजिम विभिन्न स्थानीय तहमा केही प्रमुख प्रशासकीयहरू हाजिर भई कार्यभारसमेत […]

सम्बन्धित समाचार