राेकिरहेकाे ट्याक्टरमा माेटरसाइकल ठाेकिदा जुम्लामा १ जनाकाे मृत्युु

महेश चाैलागाँई २७ कार्तिक २०८२, बिहीबार २१:५१

जुम्ला नगरपालिका–७ स्थित यातायात कार्यालय नजिक रोकिरहेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाकल चालकको मृत्यु भएको छ भने पछाडि बसेकी एक जना महिला घाइते भएकी छन्।

ट्राफिक प्रहरी हवल्दार झलक गिरीका अनुसार पार्किङ गरिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा सो दुर्घटना भएको हो।

दुर्घटनामा हुँदा मोटरसाइकल चालक पातारासी -३ हुरी गाउँका जनबहादुर बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार घाइते महिलाको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

Next Post

सन्तोष परियारले छोडे रास्वपा

२७ कार्तिक २०८२, बिहीबार २१:५१
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टीबाट राजीनामा दिएका छन्। पार्टीभित्र नेताहरूबीच असन्तुष्टी बढिरहेका बेला परियारले शुक्रबार राजीनामा दिएका हुन्। उनले आजै कार्यबाहक सभापति डिपी अर्याल र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका हुन्। परियार रास्वपाका तर्फबाट तत्कालीन प्रतिनिधिसभामा प्रमुख सचेतक पनि थिए। जेनजी आन्दोलनलगत्तै पार्टीका नेता सुमना श्रेष्ठले […]

सम्बन्धित समाचार