जुम्लामा चरेससहित चार जना पक्राउ

हिमशिखर संवाददाता २९ जेष्ठ २०८३, शुक्रबार १७:४४

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध दुर्व्यसनीविरुद्धको विशेष अभियान अन्तर्गत शुक्रबार दिउँसो चन्दननाथ-५ स्थित धर्मशालाबाट चरेस सेवन गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू:

  • तपेन्द्र विष्ट (१९ वर्ष) – चन्दननाथ-१०
  • पुष्कर बुढा (२० वर्ष) – चन्दननाथ-५
  • ओमकार गहतराज (२४ वर्ष) – चन्दननाथ-६
  • निरज लामा (२५ वर्ष) – चन्दननाथ-५

प्रहरी सहायक निरीक्षक लाल बहादुर रोकायाको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई ७२० मिलिग्राम चरेससहित रंगेहात नियन्त्रणमा लिएको हो। डिएसपी चिरञ्जीवी दाहालको नेतृत्वमा जिल्लामा लागुऔषधविरुद्ध कडा अभियान सञ्चालन भइरहेको छ।