कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले कर्णलीका हरेक स्थानीय तहमा कोल्ड स्टोर निर्माण गर्र्नेे बताएकी छिन ।
यहाँको उत्पादनलाई व्यवस्थित बनाउन कोल्ड स्टोरको आवश्यकता भएको बताउदै मन्त्री केसी ले कणलीका स्थानिय तहसंगको साझेदारीमा अधिकतम २ सय मेट्रीकटन सम्म भण्डारण गर्न मिल्ने कोल्डस्टोर निर्माण गर्नको लागी आगामी बर्ष एक पालिका एक कोल्ट स्टोर कार्यक्रम ल्याउने बताएकी छिन
कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतका योजना अनुगमनका शिलशिलामा जुम्ला पुगेकी मन्त्री के सी ले किसानको गुनासोको संवोधन गर्न कर्णली सरकार तयार हुने बताइन् ।
आगामी बर्ष कृषि कार्यक्रमलाई थप किसानमैत्री बनाउँदै लैजाने बताउदै मन्त्री केसीले मन्त्रालय माताहतका हरेक कार्यलयमा हेल्प डेक्स राखेर काम गर्नुपर्ने निर्देशन समेत दिएकीछन ।