काठमाण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धा स्थल बन्ने खतरा बढेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको प्रतिस्पर्धा स्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे सबै सचेत हुनुपर्ने बताएका हुन् ।
उनले भारत र चीनसँगको सम्बन्धबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले अख्तियार गरेको रणनीतिको आलोचना गर्दै ।
अध्यक्ष थापाले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको गलत नीतिको परिणामस्वरूप देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको प्रतिस्पर्धा स्थल बन्दै जान थालेको जनाएका छन् ।
उनले नेपालका लागि भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता देशको अस्तित्वको आधार भएकोप्रति सबैको ध्यानाकर्षण गराएका छन् ।