फागुन २८ को निर्णय फिर्ता लिई २०७५ जेठ २ को संरचनामा फर्कन सहमत भए ओली: नेपाल

हिमशिखर संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १६:५७

नेकपा एमालेका नेता माधवकुमार नेपालले गत फागुन २८ को निर्णय फिर्ता लिई २०७५ जेठ २ को संरचनाअनुसार पार्टी सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली सहमत भएको बताएका छन्। उनले यो कुरा आज संघीय संसद भवनमा पत्रकारहरूसँग भनेका हुन्। आफूहरूको बटमलाइनअनुसार नै प्रधानमन्त्रीसमेत रहेका ओली अगाडि बढ्न चाहेको उनको भनाइ थियो।

गत फागुन २८ मा अध्यक्ष ओलीले महाधिवेशन घोषणा गरेका थिए भने विधान संशोधन पनि गरेका थिए। पार्टीभित्र देखिएका विवाद हल गर्न थप छलफल आवश्यकता पर्न सक्ने पनि उनले बताए। अध्यक्ष ओली र नेपालले बिहीबार चपलीहाइटमा छलफल गरेका थिए। ओलीले नेपालसहित उनी पक्षका चार नेतालाई गरेको निलम्बन फुकुवासमेत गरेका थिए।

Next Post

जुम्लामा निषेधाज्ञा १० दिन थपियाे

३१ बैशाख २०७८, शुक्रबार १६:५७
जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएकाे छ। एक साता अघि लागु गरिएकाे निषेधाज्ञाकाे अवधि आज राती सकिने भएपछि आज दिउसाे बसेकाे जिल्ला काेभिड संकट व्यवस्थापन समितिकाे निर्णय अनुसार थप १० दिन निषेधाज्ञा जारी गरिएकाे छ । जेठ १ गते दिउसाे १२ बजेदेखि जेठ ११ गते सम्म निषेधाज्ञा लागू हुने निर्णय […]