समाजवादी माेर्चा नेपाल’ घाेषणा

महेश चाैलागाँई ४ असार २०८०, सोमबार १७:२५

चार दल सामेल ‘समाजवादी मोर्चा नेपाल’ घोषणा भएको छ। सोमबार काठमाडाैँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच समाजवादी मोर्चा नेपाल औपचारिक रुपमा घोषणा भएको हो।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले एकसाथ सहमतिपत्रमा ऐक्यबद्धता जनाउँदै समाजवादी मोर्चा नेपालको घोषणा गरेका हुन्।

चारै दलका अध्यक्षहरुले ७ बुँदे घाेषणापत्रमा हस्ताक्षर गरे।

मोर्चामा नेपाल समाजवादी पार्टी भने सहभागी छैन।

Next Post

जुम्लामा ढुङ्गामा थिचिएर एक महिलाको मृत्यु

४ असार २०८०, सोमबार १७:२५
जुम्लामा ढुङ्गाले थिचिएर एक जना महिलाको मृत्यु भएको छ। गुठिचौर गाउँपालिका- ४ की ४५ वर्षीय सत्यदेवी अधिकारीको ढुङ्गाले थिचिएर मृत्यु भएको हो। उखाडी गाउँको सादनी सिँचाइ कुलो निर्माणको काम गरिरहेकै अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीले बताए। घाइते […]

सम्बन्धित समाचार