रिहा भएपछि रविले भने: यो परिवर्तनको प्रसवपीडा हो

भवानी प्रसाद पाण्डे २४ माघ २०८१, बिहीबार १९:१५

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट रिहा भएका छन्।

जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताए।

‘चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो र देवता जस्ता मान्छे बस्ने ठाउँ हो। त्यसैले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा म विश्वस्त छु,’ उनले भने, ‘चितवनले देशमा परिवर्तन चाहिन्छ भनेर सुरुवात गरेको हो। प्रसवपीडाको बेला आमालाई जस्तो पीडा हुन्छ। त्यस्तै परिवर्तनका लागि भएको प्रसवपीडा हो । परिवर्तन जन्मँदै छ।’

Next Post

लालपुर्जा लिएर रवि छुटाउन अदालत पुगे चितवनबासी

२४ माघ २०८१, बिहीबार १९:१५
सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छुटाउन चितवनवासीहरू जग्गाको लालपुर्जा लिएर पुगेका छन्। लामिछाने जिल्ला अदालत, चितवनले ५४ लाख धरौटीमा लामिछानेलाई छाडिसकेको छ। तर, उनको समर्थनमा चितवनवासीहरू जग्गाको लालपुर्जा लिएर भेट्न गएका हुन्। उनीहरूले लामिछानेको पक्षमा नाराबाजीसमेत गरेका छन्। लामिछानेले उनीहरूलाई सम्बोधन गरेका छन्।