प्रेस चाैतारीकाे कर्णालीमा नयाँ नेतृत्व चयन: अध्यक्ष प्रेम सिम्खडा

भवानी प्रसाद पाण्डे ४ फाल्गुन २०८१, आईतवार १५:४२

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको अध्यक्षमा प्रेमराज सिम्खडा सर्वसम्मत रुपमा चयन भएका छन् ।

आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट सिम्खडाको नेतृत्वमा नयाँ टीम बनेको हो ।

यस्तै, उपाध्यक्षमा सीता वली सुर्खेतर हिक्मत नेपाली दैलेख, महासचिवमा ओमबहादुर शाही सुर्खेत, सचिवमा सुरेश परियार हुम्ला नौरेते नेपाली जुम्ला, कमल बुढा डोल्पा, झक्कुप्रसाद शर्मा सल्यान, कालीबहादुर बुढा जाजरकोट, जगतजनाला विक सुर्खेत र कोषाध्यमा गिता थापा सुर्खेत चयन भएका छन् ।

अधिवेशनमा प्रेस चौतरी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, वरिष्ठ नेता विश्वमणि सुवेदी, कर्णाली इन्चार्ज विष्णु शर्मा लगायतको सहभागिता थियो ।

Next Post

२४”बर्षका शाही माछा मार्न तिला कर्णाली नदिमा खुट्टा चिप्लिएर बेपत्ता

४ फाल्गुन २०८१, आईतवार १५:४२
  कालीकोट ।  तिला नदिमा  शाही फागुन ०३ गते ०९:०० बजेको समयमा  माछा मार्न साथीहरू संग गएको र अहिले  नदिमा बेपत्ता भएका छन । जिल्ला कालीकोट तिलागुफा न.पा. ०४ सिमखानि स्थित तिला कर्णाली नदिमा जिल्ला कालिकोट तिलागुफा नगर पालिका वडा नं ४ राँचुली बस्ने  २४ बर्षका भोजन शाहीको खुट्टा चिप्लिएर […]