तिला नदिमा बेपत्ता शाहीकाे शव फेला

महेश चाैलागाँई ४ फाल्गुन २०८१, आईतवार २२:२९

माछा मार्ने क्रममा तिला नदीमा शनिबारदेखि बेपत्ता भएका तिलागुफा–४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको बताए ।

२४ वर्षीय शाहीले शुक्रबार बेलुकी माछा मार्न झरेउला (पासो) थापेका थिए । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार विहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका थिए ।

Next Post

कर्णाली हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माणको काम अनिश्चित

४ फाल्गुन २०८१, आईतवार २२:२९
  जुम्लाको पातारासी गाउँपालिका– ३ स्थित लौठचौरमा निर्माणहुने कर्णाली हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरको काम अझै अघि बढेको छैन । ट्रेनिङ सेन्टरको नाममा जग्गा पास नहुँदा निर्माण काम रोकिएको छ । सोही स्थानमा विद्यालय समेत रहेको छ । विद्यालयको नाममा रहेको जग्गामा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माण गर्न कि अर्को ठाउँमा […]