जुम्ला जिल्ला अदालतद्वारा ६८ प्रतिशत मुद्दा फर्छेउठ

महेश चाैलागाँई ३० असार २०८२, सोमबार १५:१४

जुम्ला जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ को प्रगति चालू आर्थिक बर्षममा कूल दर्ता भएका मुद्वाकाे६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट गरेकाे छ । जिल्ला अदालतले चालू आर्थिक बर्षकाे प्रगति विवरण सार्वजनिक गर्ने उद्देश्यले एक विशेष अन्तर्क्रिया कार्यक्रममा जिल्ला अदालतले जानकारी गराएकाे हाे ।
अदालत परिसरमा आयोजित उक्त कार्यक्रममा जुम्लामा कार्यरत सञ्चारकर्मीहरूसँग अदालतले प्रत्यक्ष संवाद गर्दै आफ्नो वार्षिक प्रगति, चुनौती र भावी योजना बारे जानकारी गराएकाे थियाे ।
कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आव २०८१/८२ मा जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका १९२ र गत वर्षकाे जिम्मेवारी सरि आएका ११९ गरि कुल ३११ वटा मुद्दा दर्ता भएका थिए ।
जस मध्य चालू आर्थिक वर्षकाे असार मसान्त सम्म कुल दर्ता भएका मुद्वा मध्य २१३ वटा अर्थात ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट भएकाे अदालत स्राेतले जानकारी दिएकाे छ । प्रतिवदेननुसार हाल ९८ वटा मुद्दा बाँकी रहेका छन् । ती आगामी आवकाे लागि जिम्मेवारी समेत सरेका छन् ।
तीन वर्षकाे तुलनात्मक अबस्था
आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म तीन वर्षकाे तुलना गर्दा आव २०८१/८२ मा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएकाे देखिन्छ  अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल ३७६ मुद्वा दर्ता भएकाेमा फर्याैट २२८ भएका छन् भने बाँकि १४८ मुद्दा छन् ।
त्यस्तै आर्थिक वर्ष २०८०/८१ कूल ३१२ वटा मुद्वा दर्ता भएकाेमा अन्तिम सम्म फर्याैट १९३ वटा मुद्दा फर्छ्यौट भएका छन् । भने ११९ वटा मुद्वा फर्याैट हुन बाँकि रहेेका छन् ।
साथै आर्थिक वर्ष २०८१/८२ मा ३११ वटा मुद्दा दर्ता हुदा २१३ फर्याैट भएका छन् । मुद्वा दर्ता संख्या यश वर्ष कम भएपनि  फर्छ्यौटदर भने विगत दुई वर्षकाे भन्दा बढी रहेकाे छ ।
कुल ५३ वटा मुद्वा मध्य ३८ वटाकाे फैसला कार्यान्वय भएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश आनन्द राज पन्तले अदालतको सेवा प्रवाह, मुद्दा समाधानको अवस्था, सूचनाको पहुँच र पारदर्शिताबारे प्रकाश पार्दै सञ्चारकर्मीहरूलाई न्याय सम्पादनको प्रक्रियामा सहकार्य गर्न आग्रह गरे। साथै, उनले न्यायलय र सञ्चारकर्मीबीचको सहकार्यले न्यायमा जनताको पहुँच विस्तार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै अदालतले आगामी दिनमा यस्ता अन्तर्क्रिया कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्ने प्रतिवद्धता जनाएको छ।

Next Post

जोखिमयुक्त बजार क्षेत्रमा पहिलोपटक ‘फायर हाइड्रेन्ट’ जडान

३० असार २०८२, सोमबार १५:१४
आगलागीजन्य जोखिम न्यूनीकरणमा चन्दननाथ नगरपालिका वडा नं ५ ले एक महत्त्वपूर्ण कदम चालेको छ। नगर क्षेत्रभित्रका जोखिमयुक्त बजार क्षेत्रमा पहिलोपटक ‘फायर हाइड्रेन्ट’ जडान गरिएको हो। यसले आपत्कालीन समयमा तत्काल पानी आपूर्ति गरी आगलागी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको चन्दननाथ नगरपालिका -५ का वडा अध्यक्ष विर्ष कार्कीले बताए। उनबा अनुसार […]