जुम्ला: समन्वय समितिको मैदानमा फेला परेको सकेट बम निष्क्रिय

महेश चाैलागाँई २२ भाद्र २०८२, आईतवार १४:२६

जुम्ला जिल्लास्थित समन्वय समितिको मैदानमा आइतबार बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।

बम बिहान सबेरै मैदानमा काम गरिरहेका व्यक्तिले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि उक्त वस्तु सकेट बम रहेको पुष्टि भएको थियो।

सुरक्षाकर्मीहरूले तत्काल वरिपरि आवतजावत रोक्दै क्षेत्र नियन्त्रणमा लिएका थिए। नेपाली सेनाले बम निष्क्रिय गरेपछि क्षेत्रलाई पुनः सामान्य अवस्थामा फर्काइएको छ।

हालसम्म बम कसले राखेको भन्ने खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Next Post

कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई रबरको गोली लाग्यो

२२ भाद्र २०८२, आईतवार १४:२६
नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् ।