जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ

महेश चाैलागाँई १० कार्तिक २०८२, सोमबार ०६:५९

चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले बताए।

उनका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सीसीटीभी (CCTV) क्यामेरा जडान गर्ने क्रममा महतरालाई करेन्ट लागेको थियोे।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उनका मित्जु गणेश बुढाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका थिए।

प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा महतरालाई मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Next Post

जेन जी जुम्लाका संयोजक रोकायाको अगुवाइमा पूर्वाधार कार्यालयमा समीक्षा बैठक

१० कार्तिक २०८२, सोमबार ०६:५९
जुम्ला जिल्ला पूर्वाधार विकास कार्यालयमा आइतबार एक समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। जेन जी जुम्लाका संयोजक शैलेस रोकायाको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा कार्यालयका पछिल्ला योजना, सञ्चालनमा रहेका काम तथा प्रगतिबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का बजेट, उपलब्धि र आगामी आवको बजेट व्यवस्थापनबारे समेत गहिरो […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।