राजस्व छलिको झ्याउ नियन्त्रण गर्न पुगेका प्रहरीमाथि दुर्व्यवहार

महेश चाैलागाँई ३१ बैशाख २०८३, बिहीबार १०:१७

जुम्ला मा अवैध रूपमा संकलन गरिएको जङ्गली झ्याउ नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि नै दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ।

गुठीचौर गाउँपालिका–गर्ज्याङकाेट  वडा नम्बर ३ मा हिजो राति करिब १२ बजेतिर जङ्गलमा पाइने झ्याउ प्रजातिको जडीबुटी सम्बन्धित पुर्जीबिना दुई ट्रकमार्फत करिब ७० क्विन्टल ओसारपसार भइरहेको भन्दै स्थानीय समुदायले पटकपटक प्रहरीलाई जानकारी दिएका थिए।

स्थानीयको सूचनापछि प्रहरी र वन कार्यालयका कर्मचारी तत्काल घटनास्थल पुगेका थिए। तर घटनास्थल पुगेलगत्तै प्रहरी र वन कार्यालयका कर्मचारीमाथि नै दुर्व्यवहार भएको एक स्रोतले जनाएको छ।

स्रोतका अनुसार सुरुवातमा घुस दिने प्रयास गरिएको थियो। “सरुवा गराइदिन्छु” जस्ता धम्कीपूर्ण अभिव्यक्ति प्रयोग गर्दै दबाब सिर्जना गरिएको बताइएको छ।

यता यस विषयमा जिल्ला प्रहरी कार्यालय जुम्ला सँग बुझ्न खोज्दा प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मी ले आफूलाई हालसम्म घटनाबारे औपचारिक जानकारी नआएको बताएका छन्। उनले उक्त झ्याउ आज बिहान १० बजे जिल्ला वन कार्यालयमा बुझाइने जानकारीसमेत दिएका छन्।

झ्याउ लिने मान्छे सग बुझ्दाखेरि पुर्जि  डाेल्पा काे  रहेकाे जानकारी दिएका छन ।

अकाे एक स्रोतका अनुसार घटनाबारे जिल्ला प्रहरी कार्यालयमै आन्तरिक छलफल जारी रहेको बताइएको छ। भने अहिले पुर्जी भएकाे भनेर कागजात मिलाउन दबाब दिएका छन ।

सम्बन्धित समाचार