डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार

हिमशिखर संवाददाता १५ कार्तिक २०८३, शनिबार ०८:५७

जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन्।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शुक्रबार बिहान करिब ६ बजे कैदीबन्दीको गणना गर्ने क्रममा संख्या अपुग भएपछि कैदीहरू फरार भएको खुलेको हो।

कैदीबन्दीको संख्या नमिलेपछि कारागार प्रशासनले खोजी तथा अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप जानकारी लिन अहिले कारागारमा जडान गरिएका सीसीटीभी फुटेजको अध्ययन भइरहेको प्रमुख जिल्ला अधिकारी हमालले बताइन्।

‘अहिले सीसीटीभी हेरिरहेका छौँ,’ उनले भनिन्, ‘थप विवरण अध्ययन गर्दैछौँ।’

फरार कैदीहरू कुन समयमा र कसरी सुरुङ खनेर बाहिर निस्किएका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।