तिला नदी किनारमा युवती मृत भेटिइन

महेश चाैलागाँई २ जेष्ठ २०८०, मंगलवार १८:४५

जुम्लाको तिला गाउँपालिकास्थित तिला नदी छेउमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । कनकासुन्दरी ६ की २२ वर्षीया सिर्जना रोकाया पछाईको शव मंगलबार नदी किनारमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका ७ स्थित तिला नदी छेउमा उनको शव भेटिएको हो ।

नदीमा माछा मार्न गएकाहरूले उनको शव फेला पारेका थिए । शव भेटिने बित्तिकै स्थानीयले नाग्म प्रहरी चौकीलाई खबर गरेका थिए । उनको माइतीघर तिला २ लर्मीगाउँमा पर्छ ।

नाग्म प्रहरी चौकीले घटनास्थलबाट मुचुल्का बनाएर पोष्टमार्टमका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाएको छ ।

रोकाया एक साताअघि माइती घर जाने भनेर घरबाट हिँडेको र एकाएक सम्पर्कविहीन भएको मृतकका आफन्तलाई उदृढ गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Next Post

सगरमाथा आरोहण गरेर फर्किने क्रममा एकको मृत्यु

२ जेष्ठ २०८०, मंगलवार १८:४५
सगरमाथा आरोहण गरेर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ। सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी शेर्पा सहयोगी फूर्वा शेर्पाको निधन भएको हो। उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ। त्यस्तै आरोहण गरी फर्किने क्रममा सहसेनानी दीपेन्द्रसिंह खत्री अस्वस्थ भएका थछन्। […]