जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित अन्य व्यक्तिमाथि अनुसन्धान अघि बढाउन सोमबार परमादेश जारी गरेपछि पार्टीले छिट्टै आकस्मिक बैठक बसेर प्रतिक्रिया व्यक्त गरेको छ।
महासचिव रामकुमार शर्माले यादवमाथि राज्यद्वारा षड्यन्त्र गरी फसाउने प्रयास भएको आरोप लगाउँदै, यसविरुद्ध जनआक्रोश र आन्दोलन चर्काउने चेतावनी दिएका छन्। पार्टीका प्रवक्ता मनिष सुमनले अदालतको निर्णय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै, कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुनी सल्लाह भइरहेको जानकारी दिए।
२०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादीबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो।



