जुम्ला कारागारबाट फरार ५ कैदी पक्राउ, २५ अझै फरार

महेश चाैलागाँई २७ भाद्र २०८२, शुक्रबार २०:४६

जुम्ला कारागारबाट केही दिनअघि फरार भएका ४१ कैदीमध्ये पाँच जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा परेकामध्ये सन्तोष सार्की, भक्तराज शाही,  पुन्न विक,  डम्बर नेपाली र सुरेन्द्र महत रहेका छन्।हिजो ११ जना कैदी पक्राउ परेका थिए

प्रहरीका अनुसार बाँकी २५ जना अझै फरार रहेका छन् र उनीहरूको खोजीकार्य जारी रहेको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि पुनः कारागारमा पठाइने तयारी गरिएको छ।

Next Post

राष्ट्रपति पौडेलद्वारा शान्तिपूर्ण निर्वाचनमा सहकार्य गर्न आग्रह

२७ भाद्र २०८२, शुक्रबार २०:४६
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान असहज, विपन्न र चुनौतीपूर्ण परिस्थितिलाई पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउन सबैलाई आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गरेका छन्। राष्ट्रपतिले आज जारी गरेको वक्तव्यमा संविधान, संघीय लोकतान्त्रिक प्रणाली र संसदीय व्यवस्थाले मुलुकलाई शान्तिपूर्ण निकास दिने विश्वास व्यक्त गरिएको छ। आगामी भदौ २५ गते […]

सम्बन्धित समाचार