राष्ट्रपति पौडेलद्वारा शान्तिपूर्ण निर्वाचनमा सहकार्य गर्न आग्रह

महेश चाैलागाँई २८ भाद्र २०८२, शनिबार १९:०६

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान असहज, विपन्न र चुनौतीपूर्ण परिस्थितिलाई पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउन सबैलाई आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गरेका छन्।

राष्ट्रपतिले आज जारी गरेको वक्तव्यमा संविधान, संघीय लोकतान्त्रिक प्रणाली र संसदीय व्यवस्थाले मुलुकलाई शान्तिपूर्ण निकास दिने विश्वास व्यक्त गरिएको छ। आगामी भदौ २५ गते हुने उपनिर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र आम नागरिकलाई सहयोग र सहभागिताका लागि आह्वान गरिएको छ।

“देशले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै जनताको विश्वास जित्ने दिशामा अगाडि बढ्न सबैलाई आग्रह गर्दछु,” राष्ट्रपतिले भनेका छन्।

Next Post

जुम्ला कारागारबाट फरार भएका ४१ कैदीमध्ये आज ३ पक्राउ

२८ भाद्र २०८२, शनिबार १९:०६
जुम्ला कारागारबाट केही दिनअघि फरार भएका ४१ कैदीमध्ये ३ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । आज प्रहरीले नियन्त्रणमा लिएकाेमा पुण प्रसाद भन्डारी दिपेन्द्र सुनार रमेश नेपाली सार्की रहेकाे जि प्र का जुम्लाले जनाएकाे छ। प्रहरीका अनुसार बाँकी २२लजना अझै फरार रहेका छन् र उनीहरूको खोजीकार्य जारी रहेको छ। पक्राउ […]