गिडिदह जलाधारमा अन्तर्राष्ट्रिय टोलीको सर्भे—जलविद्युत् डीपीआर तयारी तीव्र

महेश चाैलागाँई १० मंसिर २०८२, बुधबार १६:०८

तातोपानी गाउँपालिका–४ स्थित गिडिदह जलाधारबाट जलविद्युत् उत्पादनका सम्भावना पहिचान गर्न अन्तर्राष्ट्रिय विज्ञ टोली जुम्ला पुगेको छ। जर्मनी र भारतका जलविद्युत् विशेषज्ञ सहभागी टोलीले हेलिकप्टरमार्फत जलाधारको उद्गम क्षेत्र र प्रस्तावित पावरहाउस स्थानको हवाई तथा स्थल निरीक्षण पूरा गरेको हो।

स्थानीय समन्वयमा चल्दै आएको करिब एक वर्षको प्रारम्भिक सर्भेलाई यी विज्ञहरूले प्रत्यक्ष स्थल परीक्षणमार्फत पुष्टि गरेका वडाध्यक्ष अमरबहादुर रोकाया बताउँछन्। उनका अनुसार मुख्य विशेषज्ञ टोली फर्किए पनि केही प्राविधिक अहिले पनि गाउँमै रहेर विस्तृत सर्भे जारी राखिरहेका छन्। टोलीलाई रातेखोला औद्योगिक ग्राममा हेलिकप्टर अवतरण गराइएको थियो।

नेपाल विद्युत् प्राधिकरणले गिडिदह क्षेत्रमा ७२ मेगावाट क्षमताको जलविद्युत् आयोजना अध्ययनका लागि अनुमति दिएको छ। तर प्रारम्भिक अध्ययनले करिब ३२ मेगावाट उत्पादन सम्भावना देखाएको वडाध्यक्ष रोकायाको भनाइ छ। ड्रोनमार्फत भू–आकृति परीक्षण, पानी प्रवाह मापन तथा जलाधार क्षमताको सूक्ष्म मूल्याङ्कन अहिले तीव्र गतिमा भइरहेको छ।
अध्ययन प्रतिवेदन आगामी वैशाखभित्र सार्वजनिक हुने तयारी छ।

आयोजना निर्माण र सञ्चालनको जिम्मेवारी आध्यन्त इन्भेस्टमेन्ट प्रालिले लिएको छ। कम्पनीले पाँच वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी ऊर्जा उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। प्रारम्भिक प्रतिवेदनले ८० प्रतिशत उत्पादन सम्भावना देखाएकाले परियोजना द्रुत गतिमा अघि बढाइने वडाध्यक्ष रोकायाको भनाइ छ।

गिडिदह क्षेत्र पर्यटन सम्भावना बोकेको क्षेत्र भएकाले विद्युत् उत्पादन शुरू भएपछि तातोपानी गाउँपालिकामा रोजगारी, पूर्वाधार विकास र ऊर्जा–आधारित आर्थिक समृद्धिमा ठोस प्रभाव पर्ने स्थानीय तहको विश्वास छ।

Next Post

जुम्लाको पातारासी–१ मा ट्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु

१० मंसिर २०८२, बुधबार १६:०८
जुम्लाकाे पातारासी गाउँपालिका–१ मा ट्याक्टरले ठक्कर दिएपछि एक युवकको मृत्यु भएको छ। आज दिउँसो करिब ४:३० बजेतिर ढुङ्गा बोकेर गइरहेको क.०२–००१ ट ०१३८ नम्बरको ट्याक्टरले पातारासी–१ सेलागढी गाउँ नजिकै, माथाचौर क्षेत्रमा १७ वर्षीय नन्दराम बुढालाई ठक्कर दिएको थियो। मृतक बुढा पातारासी–२ का गोरबहादुर बुढाका छोरा हुन्। ठक्करपछि गम्भीर घाइते भएका […]

सम्बन्धित समाचार