दार्चुलाकोमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

हिमशिखर संवाददाता २७ कार्तिक २०७९, आईतवार १६:३०

दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी सख्त घाइते भएका छन् ।

आइतबार नौगाड गाउँपालिकामा धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको बताइएको छ । सामूहिक आक्रमणमा परेका धामीको अझै होस नआएको दार्चुला प्रहरीले बताएको छ । जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् । एमालेका कार्यकर्ताले धामीमाथि सामूहिक आक्रमण गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले आरोप लगाएका दिए । धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको भट्टले बताए ।

Next Post

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ कार्तिक २०७९, आईतवार १६:३०
आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । वर्षा र हिमपातले चिसो झन् बढाउने भएकाले पद यात्रा […]